लडाकुद्वारा सडकबाटै मोडल अपहरित

विदुर खबर २०७८ वैशाख ३ गते १३:३१

नुवाकोट । चर्चित यमनी युवा मोडल तथा अभिनेत्री एन्तेसार अल हम्मादीलाई यमनको राजधानी सानाको सडकबाट २० फेब्रुअरीमा अपहरण गरिएको सामाजिक सञ्जालले हालै जानकारी दिएको छ ।

Advertisement

एन्तेसारका वकिलले उनललाई अपहरण गर्ने हौथी लडाकुहरूले सडकमा हिजाब नलगाइकन तस्वीर खिचाइरहेको कारण अपहण गरेको तथा अहिले उनले तिनीहरूको कारबाही भोगिरहेको बताएका छन् ।

साउदी सञ्चार माध्यमका अनुसार २० वर्षीया एन्तेसारलाई दुईजना साथीसँग एउटा फिल्म सेटतर्फ गइरहेका बेला ती कट्टरपन्थी लडाकुहरूले अपहरण गरेको पुष्टि गरेको छ । हौथीले उनीमाथि इस्लामिक पोसाक कानुन उल्लंघन गरेको अभियोग लगाएको छ । उनका वकिल मोहम्मद अल–कमालले न्युज वेवसाइट ‘अरब न्युज’लाई भनेका छन्, ‘एन्तेसारलाई बिना कुनै पक्राउ पुर्जी जारी गरिएको हो । उनलाई आइतबार हौथी नियन्त्रित अदालतमा सोधपुछ गरिने भएको छ ।’

Advertisement

सामाजिक सञ्जालका अनुसार उनले हिजाब नलगाइकन चारवटा तस्वीर खिचाएकी थिइन् । साउदी समर्थित यमनी सरकारका सञ्चारमन्त्री मोअमर अल–इर्यानीले यो अपहरण कार्य जघन्य अपराध भएको तथा उनको सकुशल रिहाइका लागि संयुक्त राष्ट्रसंघले पहल गर्नुपर्ने ट्विटरमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया