लडाकुद्वारा सडकबाटै मोडल अपहरित
नुवाकोट । चर्चित यमनी युवा मोडल तथा अभिनेत्री एन्तेसार अल हम्मादीलाई यमनको राजधानी सानाको सडकबाट २० फेब्रुअरीमा अपहरण गरिएको सामाजिक सञ्जालले हालै जानकारी दिएको छ ।
एन्तेसारका वकिलले उनललाई अपहरण गर्ने हौथी लडाकुहरूले सडकमा हिजाब नलगाइकन तस्वीर खिचाइरहेको कारण अपहण गरेको तथा अहिले उनले तिनीहरूको कारबाही भोगिरहेको बताएका छन् ।
साउदी सञ्चार माध्यमका अनुसार २० वर्षीया एन्तेसारलाई दुईजना साथीसँग एउटा फिल्म सेटतर्फ गइरहेका बेला ती कट्टरपन्थी लडाकुहरूले अपहरण गरेको पुष्टि गरेको छ । हौथीले उनीमाथि इस्लामिक पोसाक कानुन उल्लंघन गरेको अभियोग लगाएको छ । उनका वकिल मोहम्मद अल–कमालले न्युज वेवसाइट ‘अरब न्युज’लाई भनेका छन्, ‘एन्तेसारलाई बिना कुनै पक्राउ पुर्जी जारी गरिएको हो । उनलाई आइतबार हौथी नियन्त्रित अदालतमा सोधपुछ गरिने भएको छ ।’
सामाजिक सञ्जालका अनुसार उनले हिजाब नलगाइकन चारवटा तस्वीर खिचाएकी थिइन् । साउदी समर्थित यमनी सरकारका सञ्चारमन्त्री मोअमर अल–इर्यानीले यो अपहरण कार्य जघन्य अपराध भएको तथा उनको सकुशल रिहाइका लागि संयुक्त राष्ट्रसंघले पहल गर्नुपर्ने ट्विटरमार्फत जानकारी गराएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया