रुरु जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

विदुर खबर २०७७ चैत ३१ गते १६:१६

नुवाकोट । रुरु जलविद्युतको आइपीओ आगामी शुक्रबार (बैशाख ३ गते) बाँडफाँड हुने भएको छ । 

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाल तथ्याङ्क प्रशोधनको काम अन्तिम चरणमा रहेकाले आवेदन प्रमाणिकरणपछि प्रि-अलटमेन्ट गरी धितोपत्र बोर्डको स्वीकृति पश्चात शुक्रबार आईपीओ बाँडफाँडको तयारी क्यापिटलले गरेको छ । आइपीओ बाँडफाँडको समय भने हाल निर्धारण भई नसकेको क्यापिटलले जानकारी दियो ।

रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा सर्वसाधारणबाट १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ ।

Advertisement

रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा सर्वसाधारणबाट १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।

Advertisement

साधारण शेयरमा सर्वसाधारणबाट माग भएको (३ लाख ७९ हजार १६७ कित्ता) तुलनामा ६१.६९ गुणा बढी अर्थात २ करोड ३३ लाख ९० हजार ९० कित्ता खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

प्रतिक्रिया