बिष्णु र राजको डेब्यु म्युजिक भिडियो ‘जलेर खरानी’ सार्वजनिक

विदुर खबर २०७७ चैत ३० गते २०:२२

नुवाकोट । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

Advertisement

मार्मिक शब्द समेटिएको यस गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पिडा पोखिएको छ।  यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ।  यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

यसै भिडियो मार्फत अभिनयमा गायक लिम्बु र बिष्णु कट्टेलले डेब्यु गरेका छन्। भिडियोमा प्रेम तामाङको समेत  अभिनय देख्न सकिन्छ।  यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

Advertisement

यसअघि गायक लिम्बुले ‘बुझिदेउ’, ‘हाउ लुङ्ग्वा’, ‘मुस्कान’, ‘म पागल’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।  

प्रतिक्रिया