लडाई कुर्सीको होइन विधिको हाे : नेता नेपाल

विदुर खबर २०७७ चैत २९ गते १५:०४

नुवाकोट । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो लडाँई कुर्सीको लागि नभई विधिको लागि लडाई भएको बताउनु भएको छ ।

Advertisement

प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आफूहरुले अभियान चलाएको जानकारी दिदै एकजना व्यक्ति सधैंभरी पद र कुर्सीमा रहीरहनुपर्छ भन्ने मानसिकताको विरोध गरेको स्पष्ट पार्नुभयो ।

चारैतिर केपी ओलीको बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्‍याउने नाममा विधि र विधानलाई मिचेको बताउदै २०७५ जेठ २ को विन्दुमा फेरी पार्टी एकताबद्ध रहेको बताउनुभयो । उहाँले आफूलाई कारवाही गरेको ओलीले कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्तालाई नआत्तिन आग्रह पनि गर्नुभयो ।

Advertisement

नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरुको भूमिका रहेकोले आफूले ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई भन्न नसक्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया