दयाहाङलाई भ्याइनभ्याइ
नुवाकोट । अभिनेता दयाहाङ राईलाई दोस्रो राजेश हमाल भन्ने गरिन्छ । यो यसकारण कि, करिअरको उत्कर्षमा रहँदा हमालले जुन हिसाबले संख्या बढाउन फिल्ममा काम गरे, उनकै सिको यतिबेला दयाहाङले गरिरहेका छन् ।
यस्तो लाग्छ, राजेश हमालले धेरै फिल्म खेलेर बनाएको रेकर्ड तोड्नु नै उनको मुख्य उद्देश्य हो । उनले आफ्नो अभिनयमा समेत फरकपन पस्कन सकेका छैनन् । कोरोना महामारीभन्दा अगाडि उनलाई फिल्मको सेड्युल मिलाउनै धौ-धौ पर्ने स्थिति थियो । नयाँ फिल्म साइन गर्न उनलाई दुई वर्षसम्म डेट थिएन । एउटा फिल्मको छायांकन सकिन दुई दिन मात्र ढिला हुँदा उनले अर्को फिल्म छाड्नु पर्ने अवस्था थियो । कति फिल्म उनले सार्थी-भाईसँगको सम्बन्ध टिकाउन गरे भने कति काठमाडौंको ठडिँदै गरेको घर बनाउनका लागि गरे ।
‘भैरे’ रिलिजताका उनले अब थोरै तर राम्रो फिल्म गर्ने बताएका थिए । तर, त्यो उनको व्यवहारमा लागू भएको देखिएन । अहिले उनको पाइपलाइनमा आधा दर्जन फिल्म छन् । कोरोना भिलेन नबनेको खण्डमा उनलाई अबको एक वर्ष एक दिन पनि फुर्सद हुने देखिन्न । लकडाउनपछि केही समय म्यूजिक भिडियो खेलेका उनी यतिबेला फिल्म ‘बिहे पास’ को छायांकनमा व्यस्त छन् ।
यो फिल्मको छायांकन सकिन साथ उनले ‘कबड्डी ४’ मा काम गर्नेछन् । यसपछि निश्चल बस्नेतको ‘जिन्दाबाद’ मा व्यस्त हुनेछन् । भदौबाट उनले ‘२ नम्बरी’ को छायांकन सुरु गर्नु पर्नेछ । यस लगत्तै उनले फिल्म ‘के घर के डेरा’ मा काम गर्ने सेड्युल छ । उनले मिलन चाम्सको ‘गोर्खा वारियर’, मीन भामको ‘इयर अफ कोल्ड’, दीपक रौनियारको ‘स्काइ इज माइन’ मा पनि काम गर्दैछन् । उनी सोलो नायक रहेका फिल्मले व्यापारिक सफलता पाउन नसके पनि यसले उनको करिअरमा असर गरेको देखिन्न । उनीमाथि निर्माताको विश्वास घटेको छैन ।
उनको पाइपलाइनमा रहेका आधा दर्जन फिल्मले पनि यसलाई पुष्टि गर्छ । कलाकार व्यस्त हुनु राम्रो कुरा हो । तर, यसरी सासै फेर्न फुर्सद नहुने गरी एकपछि अर्को फिल्ममा व्यस्त हुनु पनि करिअरका लागि ठिक होइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया