सिंगटी हाइड्रोको आईपीओ भोलि बाँडफाँड

विदुर खबर २०७७ चैत २६ गते १७:१४

नुवाकोट ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। 

Advertisement

आईपीओ बाँडफाँड बिहान ११ बजे धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा हुनेछ। 

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

Advertisement

मेगा क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ। ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ। 

यो हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमध्ये भाग्यमानी २ लाख ६९ हजार ७०० ले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १३ लाख ५४ हजार ७८३ आवेदकको हात खाली हुने भएको छ। 

Advertisement

प्रतिक्रिया