माओवादीका ४ सांसदको पद गयो
नुवाकोट । माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए ।
सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना दिएका थिए ।
सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना दिएकोले ती ४ सांसदको पद रिक्त भएको राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया