आज जनआन्दोलन दिवस
नुवाकोट । आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस ।
३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।
०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । ०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।
मरिचमान सिंह नेतृत्वको मन्त्रिमण्डलले २०४६ सालको जनआन्दोलनमा दमन गरेको थियो । तर आन्दोलन झन् चर्किंदै गएपछि तत्कालीन राजा वीरेन्द्रले सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । यद्यपि चन्द नेतृत्व मन्त्रिमण्डल दुई दिनमात्रै टिक्यो ।
चन्द नेतृत्वको मन्त्रिमण्डल गठन गरिएपछि आन्दोलनले झन् ठूलो रूप लियो । नारायणहिटी दरबार अगाडि राखिएको राजा महेन्द्रको शालिक आन्दोलनकारीले तोडफोड गरे । २५ र २६ गते पनि देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रमाथि राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब बढ्यो । त्यसपछि उनले आन्दोलनकारीलाई वार्तामा बोलाए । आन्दोलनकारीका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यही वार्ताबाट संविधानबाट दलविहीनको व्यवस्था हटाइएको थियो ।
त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ । यद्यपि यस जनआन्दोलनको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन् । जनआन्दोलनको भावना र मर्म बिर्संदै गएको आरोप खेप्ने राजनीतिक दलहरुले चैत २४ मा औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् ।
यद्यपि प्रमुख राजनीतिक दलहरुले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ मा नै गरेका थिए । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया