नुवाकोटका उत्तम श्रेष्ठ खेलकुद महासंघको केन्द्रीय सदस्यमा चयन
विदुर खबर
२०७७ चैत २२ गते १३:१७

नुवाकोट । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् ।
नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन गरेको हो ।
नेपाल खेलकुद महासंघका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाले १ सय ८५ जना सदस्य सहितको केन्द्रीय कमिटी घोषणा गरेको छ ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीमा चयन भएका श्रेष्ठले नुवाकोटसँगै समग्र देशको खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ।
श्रेष्ठले नुवाकोटको खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहेर योगदान पुर्याउँदै आएका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया