नुवाकोटका उत्तम श्रेष्ठ खेलकुद महासंघको केन्द्रीय सदस्यमा चयन
विदुर खबर
२०७७ चैत २२ गते १३:१७
नुवाकोट । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् ।
नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन गरेको हो ।
नेपाल खेलकुद महासंघका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाले १ सय ८५ जना सदस्य सहितको केन्द्रीय कमिटी घोषणा गरेको छ ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीमा चयन भएका श्रेष्ठले नुवाकोटसँगै समग्र देशको खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ।
श्रेष्ठले नुवाकोटको खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहेर योगदान पुर्याउँदै आएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए
बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य





प्रतिक्रिया