सचेतन सामुदायिक केन्द्रको सातदिने तरकारी खेति तालिम सम्पन्न

विदुर खबर २०७५ साउन १२ गते ३:४५

विदुर÷किसानहरुलाई तरकारी खेतीतर्फ आकर्षित गरी उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले ५ गतेदेखि सुरु भएको गोलभेडा उत्पादन एबं तरकारी सम्बन्बिध तालिम हिजो समापन भएको छ ।

Advertisement

 

Advertisement

सचेतन सामुदायिक सिकाई केन्द्र बिदुरको आयोजना र शिक्षा बिकास तथा समन्वय ईकाई नुवाकोटको सहयोगमा भएको गोलभेडा उत्पादन एबं तरकारी बिषयक ७ दिने तालिममा ९३ जना कृषकहरुको सहभागिता भएको सचेतन सामुदायिक सिकाई केन्द्रले जनाएको छ । तालिममा खड्गभन्ज्याङ, कल्याणपूर, बिदुर, बेल्कोट, चारघरे लगायतका जिल्लाको बिभिन्न स्थानका कृषकहरुले सहभागिता जनाएका छन् । गोलभेडा उत्पादन एबं तरकारी बिषयक तालिममा शिक्षा बिकास तथा समन्वय ईकाई नुवाकोटका प्रमुख मदन थापाले नुवाकोटमा उत्पादन भएका कृषी उपजले जिल्लालाई नै धान्न नसकिएको भन्दै थोरै जग्गामा धेरै उत्पादन गर्ने हेतुका साथ आधुनिक कृषी प्राणली मार्फत खेती गर्न आबश्यक रहेको बताउनुभएको छ । उहाँले अहिले बिषदीयूक्त नितीको अबलम्बन गर्न थालेको भन्दै ज्ञानको अभाबमा उत्पादनमा कमी आएको बताउनुभएको छ ।

 

Advertisement

 

यस्तै, तालिम समापनमा सचेतन सामुदायिक सिकाई केन्द्र बिदुरका अध्यक्ष पशुपति कोईरालाले गोलभेडा उत्पादन एबं तरकारी बिषयक तालिमबाट कृषकहरुले ज्ञान आर्जन गरी ब्यबसायिक कृषी तर्फ उन्मुख हुनसक्ने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सिकेको सिपलाई सहि रुपमा सदुपयोग गरी कृषीजन्य उपजको उत्पादनमा बृद्धि गर्दै आत्मनिर्भर हुन सुझाब दिनुभएको छ । कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्र बिदुरका संस्थापक सदस्य यमकुमार खातीले नागरिकहरुको सिप तथा क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले संस्थाले शिक्षा, स्वास्थ्य, सिलाई, साहित्य, कृषी लगायत अन्य क्षेत्रलाई आधार बनाएर तालिम सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभएको छ ।

 

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिमबाट आफुहरुले तरकारीको उत्पादन बृद्धि गर्न सकिने उपायहरु सिकेको भन्दै सिकेको सिपबाट अब ब्यबसायिक खेतीतर्फ उन्मुख हुने बताएका छन् । तालिममा जिल्ला कृषी बिकास कार्यालयका योजना अधिकृत कृष्ण उपाध्याय लगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया