उपकार सहकारीद्धारा देबिघाट ज्येष्ठ नागरिक प्रतिस्ठानलाई वासिङ मेसिन वितरण

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानलाई वासिङ मेसिन वितरण गरेको छ ।
शुक्रवार सहकारीको ११ औ वार्षिकउत्सवको अवसर पारेर सहकारीले देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानलाई वासिङ मेसिन वितरण गरेको हो । सहकारीले विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार तथा देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानका अध्यक्ष विष्णु नेपाललाई वासिङ मेसिन हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सबैको दाताहरुको साना ठुलो सहयोगले प्रतिष्ठानमा रहेका आमाबुवाहरुको जीविका चलेकोले सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए । उनले देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठान बाग्मति प्रदेशकै उत्कष्ट हेरचार केन्द्रको रुपमा विकसित भइरहेको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानका अध्यक्ष विष्णु नेपालले सबैको सहयोगले प्रतिष्ठानमा रहेका बृद्धबृद्धाको हेरचाह गर्न सकिएको बताए । उनले आगामी दिनमा पनि सहकारीबाट यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा अहिले ३२ जना बृद्धबृद्धाहरुले आश्रय लिइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया