रुरु जलविद्युतको आइपीओ आजदेखि

विदुर खबर २०७७ चैत २० गते १०:३२

नुवाकोट । रुरु जलविद्युत् परियोजना लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको छ ।

Advertisement

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी जम्मा १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीको आह्वान गरेको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाइनेछ । त्यसैगरी न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ ।

Advertisement

कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६/७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ ।

Advertisement

प्रतिक्रिया