सिंगटीको आईपीओ बाँडफाँड आगामी साता शुक्रबार हुने

विदुर खबर २०७७ चैत १८ गते २०:२४

नुवाकोट ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आगामी साता शुक्रबार हुने भएको छ।

Advertisement

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि–अलटमेन्टको काम भइरहेको छ। ‘सकभर आगामी साता मंगलबारसम्म प्रिअलटमेन्ट सकिन्छ होला’, क्यापिटलका एक अधिकारीले भने, ‘प्रिअलटमेन्ट मंगलबार सकेर आगामी साता शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने योजना बनाएका छौँ।’

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ।

Advertisement

बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

प्रतिक्रिया