हालसम्मकै उच्च विन्दु नजिक नेप्से

विदुर खबर २०७७ चैत १८ गते १७:२५

नुवाकोट । शेयर बजार मापक नेप्से सूचक हालसम्मकै उच्च विन्दु नजिक पुगेको छ।

Advertisement

यसअघि नेप्सेले २६४० विन्दुकाे रेकर्ड कायम गरेकाे थियाे। बुधबार नेप्से सूचक ४३ अंकले बढेर उक्त विन्दु नजिक पुगेको हो। बुधबार नेप्से सूचक ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.४८ अंकले बढेर ४६३ विन्दुमा पुगेको छ।

यस दिन सिस्टममा गढबढीको बाबजुद पनि कारोबार रकम ६ अर्ब माथि पुगेको छ। बुधबार टिएमएसमा समस्या आएर लगानीकर्ताले राम्रोसँग कारोबार गर्न नपाएपनि कारोबार रकम भने उच्च नै देखिन्छ। यस दिन २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद बिक्री भएको छ।

Advertisement

यस दिन व्यापार उपसमूहबाहेका कारोबारमा आएका १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको सूचकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ।

बुधबार पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो।

Advertisement

यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल (तराई) को ३.१९ प्रतिशत, युनाइटेड इदि मर्दिको ३.१३ प्रतिशत, हिमालयन उर्जाको २.५९ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको २.४० प्रतिशतले घटेको छ।

प्रतिक्रिया