सुनको मूल्य तोलामा ५ सयले घट्यो

विदुर खबर २०७७ चैत १७ गते ११:५३

नुवाकोट । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया