दाङमा सार्वजनिक यातायात ठप्प

विदुर खबर २०७७ चैत १७ गते १०:३८

नुवाकोट । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् ।

Advertisement

उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका छन् ।

बन्दका कारण दाङमा मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

Advertisement

प्रतिक्रिया