बिदुर-१३ का गणेश श्रेष्ठ बारीमा मृत अवस्थामा फेला

नुवाकोट । नुवाकोट विदुर-१३ सालबिसनका गणेश श्रेष्ठ आफ्नै घर नजिकै रहेको वारीमा मृत अबस्थामा फेला परेका छन् ।
अन्दाजी ४६ वर्षका श्रेष्ठ हिजो देखी परिवार संग सम्पर्क बिहिन रहेको थियो। परिवारका सदस्यले व्यापक खोज तलास गर्ने क्रममा देउडीबाट घर जाने बाटो नजिकैको बारीमा आज बिहान करिब १० बजे स्थानीयले फेला पारेको स्थानीय कमल खड्काले बताए ।
त्रिशुली बजारबाट आबस्यक खाद्यान्न सामानहरु ल्याई स्थानीयहरुलाई बिक्रीवितरणको मजदुरी गर्दै आईरहेका श्रेष्ठको के कति कारणले निधन भएको हो भन्ने बारेमा भने खुल्न बाकी रहेको छ।
यस घटना बारेमा थप जानकारी लिने क्रममा बिदुर नगरपालिका १३ का वडा अध्यक्ष दल बहादुर तामाङ सित भएको प्रत्यक्ष टेलीफोन संवादमा उहाँले जानकारी गराए अनुसार आफू घटनास्थल सम्म पुग्न अझै केहि समय लाग्ने भएकोले खबर सुन्नासाथ स्थानीय प्रहरीलाई खबर गरिसकेको छु थप सत्य, तथ्य जानकारी पाए लगत्तै अपडेट गराउने बताउनु भयो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार
रास्वपा रसुवाको नेतृत्वमा भट्ट





प्रतिक्रिया