बिदुर-१३ का गणेश श्रेष्ठ बारीमा मृत अवस्थामा फेला

विदुर खबर २०७७ चैत १७ गते ७:५४
सूचक फोटो

नुवाकोट । नुवाकोट विदुर-१३ सालबिसनका गणेश श्रेष्ठ आफ्नै घर नजिकै रहेको वारीमा मृत अबस्थामा फेला परेका छन् ।

Advertisement

अन्दाजी ४६ वर्षका श्रेष्ठ हिजो देखी परिवार संग सम्पर्क बिहिन रहेको थियो।  परिवारका सदस्यले  व्यापक खोज तलास गर्ने क्रममा देउडीबाट घर जाने बाटो नजिकैको बारीमा आज बिहान करिब १० बजे स्थानीयले फेला पारेको स्थानीय कमल खड्काले बताए ।


त्रिशुली बजारबाट आबस्यक खाद्यान्न सामानहरु ल्याई स्थानीयहरुलाई बिक्रीवितरणको मजदुरी गर्दै आईरहेका श्रेष्ठको के कति कारणले निधन भएको हो भन्ने बारेमा भने खुल्न बाकी रहेको छ। 

Advertisement

यस घटना बारेमा थप जानकारी लिने क्रममा बिदुर नगरपालिका १३ का वडा अध्यक्ष दल बहादुर तामाङ सित भएको प्रत्यक्ष  टेलीफोन संवादमा उहाँले जानकारी गराए अनुसार आफू घटनास्थल सम्म पुग्न अझै केहि समय लाग्ने भएकोले खबर सुन्नासाथ स्थानीय प्रहरीलाई खबर गरिसकेको छु थप सत्य, तथ्य जानकारी पाए लगत्तै अपडेट गराउने बताउनु भयो।

Advertisement

प्रतिक्रिया