पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने
विदुर खबर
२०७७ चैत  ४ गते १८:१९
	
 
		
	नुवाकोट । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।
महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।
निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।
समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका थिए ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया