नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध
विदुर खबर
२०७७ चैत ४ गते १७:३२

नुवाकोट । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
बुधवार दिउँसोदेखि नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध भएको हो । टेलिकमको सेवा अवरुद्ध भएसँगै नुवाकोट र रसुवाको टेलिफोन र इन्टरनेट अवरुद्ध भएको छ ।
गल्छी देबिघाट एरियामा अप्टिकल बे्रक भएसँगै नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकम नुवाकोटले जनाएको छ । अप्टिकल बे्रक भएसँगै समस्या समाधानको लागि प्राविधिक टोली परिचालन गरिएको बताइएको छ ।
आज नुवाकोट र रसुवामा टेलिकमको सेवा सन्चालन हुने सम्भावना निकै कम भएको नेपाल टेलिकम नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया