नुवाकोट कोरोना मुक्त

विदुर खबर २०७७ चैत ४ गते १७:१२

नुवाकोट। नुवाकोटमा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।

Advertisement

गत जेठदेखि नुवाकोटमा कोरोना संक्रमित पहिचान हुन थालेको थियो। १ हजार १ सय ४५ जना संक्रमित निको भएसँगै संक्रमित शून्य जिल्लाको रूपमा नुवाकोट रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

अन्तिम पटक एक जना सक्रिय संक्रमित बाँकी रहेकोमा उनी पनि  कोरोना मुक्त भएसँगै कोरोना संक्रमित शून्य जिल्लाका रूपमा नुवाकोट रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए। 

Advertisement

उनका अनुसार १२ स्थानीय तह रहेको नुवाकोटमा ९ हजार च४ सय ३५ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ। १हजार १ सय ४५ जनामा ७सय ७७ जना पुरुष र बाँकी महिला रहेका थिए। 

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा कुनैमा पनि कोरोना पुष्टि भएको छैन। सबैभन्दा बढी विदुर नगरपालिकामा ६ सय ९० जना र सबैभन्दा कम म्यागङ गापामा १२ जना मात्र कोरोना पुष्टि भएका थिए।

Advertisement

हालसम्म नुवाकोटमा १ हजार १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। तीमध्ये एक जना वृद्धा महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकमा छ। 

कोरोना पुष्टि भएका सबै जना कोरोना मुक्त भइसकेका छन्। जिल्लाको ६ हजार २ सय २० पुरुष र २ हजार ६ सय महिला गरी ९ हजार ४ सय २० जनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। 

तीमध्ये १ हजार १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ती संक्रमण पुष्टि भएकामध्ये विदुर नगरपालिकाका ६ सय ९०, बेलकोटगढी नगरपालिकाका १ सय १, ककनी गाउँपालिकाका ३१, सूर्यगढी गाउँपालिकाका ६९, लिखु गाउँपालिकाका ३२, शिवपुरी गाउँपालिकाका ३५, पञ्चकन्या गाउँपालिकाका ३१ जना थिए। 

नुवाकोटमा पहिलो चरणमा तीनहजार तीनसय ८६ र दोस्रो चरणमासमेत गरी १८ हजार १३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

प्रतिक्रिया