नुवाकोटको बट्टारबाट जुवाको खालबाट ८ जुवाडे पक्राउ

विदुर खबर २०७७ चैत ३ गते १६:३५

नुवाकोट । नुवाकोेटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटीबाट जुवाको खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा जनक श्रेष्ठ, शम्भु अधिकारी, केशवप्रसाद पन्थ, रामेश्वर अर्याल रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा लम्बुधर प्रधान, दिनेश अर्याल, गणेश आचार्य र रामचन्द्र प्याकुरेल रहको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेकाको साथबाट एकलाख २२ हजार रुपैयाँ पनि बरामद भएको बट्टार प्रहरी चौकीका असई विक्रम कुमालले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया