रसुवामा फुड बैक कार्यान्वयनमा ट्रान्सपरेन्सिको पहल

प्राकृतिक विपत्तिको समयमा आपतकालीन अवस्थामा खानाको जोहो गर्न नसक्दा पिडितको पिडामा अझ पीडा थपिन्छ । यो पिडामा मलम लगाउने सहयोगी हात नहुने हो भने समस्या अझ जटिल बन्न सक्छ ।
यस्तै परिस्थितिसँग जुध्न विपदमा परि धनजन र खाद्यान्न गुमाएका प्रभावितहरुका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन हरेक जिल्लामा खाद्य (फुड) बैक स्थापना गरिएको हुन्छ । जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले कुनै एक खाद्य स्टोरसँग सम्झौता गरि विपद जोखिममा परेका पिडितहरुलाई तत्काल राहात उपलब्ध गराउने गर्दछ ।
यसैगरि रसुवामा पनि खाद्य (फुड) बैक स्थापना गरिएको दुई बर्ष भयो । जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाम धुन्चेमा रहेको रसुवा किराना स्टोर्ससँग बिपदमा परेकालाई तत्काल राहात उपलब्ध गराउने भनि सम्झौता गरेको छ । सम्झौता अनुसार विपद प्रभावित न्यूनतम ७ सय जना व्यक्तिलाई तत्काल जीवन रक्षाका लागि आवश्यक खाद्यान्न प्रतिव्यक्ति १ केजी चिउरा, २ प्याकेट चाउचाउ, २ प्याकेट विस्कुट र २ सय ग्राम दालमोठ उपलव्ध गराउन सकिने भनिएको छ ।
यसरी गरिएको सम्झौता अवधि समाप्त हुनु एक महिना अगाबै उक्त अवधिसम्ममा मौज्जात रहेको रकममा सम्झौता गरिएको खाद्य स्टोर्सबाट १० प्रतिशत थप गर्न लगाएर हुन आउने कुल रकमको आधारमा जिल्ला विपद व्यवस्थापन समिति मार्फत पुनः सम्झौता नवीकरण हुन्छ । हरेक बर्ष नबिकरण पनि भएको छ । बिपत्तिका घटनाहरु हरेक बर्ष भइरहेका छन् । तर पिडितहरुलाई तत्काल दिनुपर्ने राहात भने फुड बैँकबाट बितरण भएको भने पाइएको छैन् ।
यसै बिषयमा भुकम्पपछिको पुनर्निर्माणमा सदाचार कार्यक्रमअन्तर्गत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाले २०७७ फागुन ३ गते बिपद् सम्बन्धी बिषयमा रेडक्रस र सरोकारवालाहरुसंग छलफल गरेको छ । विपद न्यूनिकरणकाका लागि रसुवामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले पहल लिएको हो । जहाँ सरोकारवालाले विपदमा आफुहरुको भूमीका तथा अनुभव, पुर्वतयारी र सावधानीलगायत विषयमा अन्तरक्रिया गरेका छन् । जिल्ला प्रशासन कार्यालय तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रसुवाको समन्बयमा विपदसम्बन्धी विषयमा रेडक्रस र सरोकारवालासंग छलफल गरिएको हो ।
विपदको क्षेत्रमा काम गरिरहेका नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम संयोजक सुर्य बिक्रम गोले र रसुवा अपागं पुर्नस्थापना केन्द्रवाट छिरिङ तामाङले विपदको समयमा विपदको पुर्वतयारी, आफ्नो अनुभब, प्रतिवद्धता तथा विपद व्यवस्थापनलगायत सम्बद्ध विषय र अवस्था बारे प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखले विपदमा आफुहरुको भुमिका तथा अनुभव, पुर्बतयारी र सावधानीलगायत विषयमा आफ्नो अनुभव साटेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया