बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग गर्दै प्रर्दशन
विदुर खबर
२०७७ चैत १ गते २१:१७

नुवाकोट । आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् ।
काठमाडौंको तिनपिप्लेबाट फोहोर बोक्ने गाडीलाई डम्पिङ साईड प्रवेश गर्न नदिने जनाएका छन् । करिब ७ वर्ष अघिदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए ।
सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया