गेर्खुको महविरमा १३ वर्षिया बालिका बलात्कृत, चारजना पक्राउ

विदुर खबर २०७७ चैत १ गते २०:०४

नुवाकोट । नुवाकोटको साविक गेर्खु गाविस तथा अहिलेको विदुर नगरपालिका वडा नम्बर १० को महविरमा १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।

Advertisement

बलात्कृत हुनेमा महविरको १३ वर्षकी माईली तामाङ (नाम परिर्वतन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन् ।

शनिवार राती १२ बजे माईलीकै घरमा पुगेर युवाहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । उनलाई क्षतिविक्षत अवस्थामा भेटिएको विदुर नगरपालिकाका वडा सदस्य विष्णु प्याकुरेलले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

घटना लगत्तै बालिकालाई त्रिशुली अस्पताल कोलनी लगिएको थियो । उपचारपछि उनी सेफ हाउसमा बसीरहेको नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया