गेर्खुको महविरमा १३ वर्षिया बालिका बलात्कृत, चारजना पक्राउ
नुवाकोट । नुवाकोटको साविक गेर्खु गाविस तथा अहिलेको विदुर नगरपालिका वडा नम्बर १० को महविरमा १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।
बलात्कृत हुनेमा महविरको १३ वर्षकी माईली तामाङ (नाम परिर्वतन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन् ।
शनिवार राती १२ बजे माईलीकै घरमा पुगेर युवाहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । उनलाई क्षतिविक्षत अवस्थामा भेटिएको विदुर नगरपालिकाका वडा सदस्य विष्णु प्याकुरेलले विदुर खबरलाई जानकारी दिए ।
घटना लगत्तै बालिकालाई त्रिशुली अस्पताल कोलनी लगिएको थियो । उपचारपछि उनी सेफ हाउसमा बसीरहेको नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया