नुवाकोटमा २३ जनाद्धारा रत्तदान

विदुर खबर २०७७ फागुन २९ गते २०:३३

नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आज रत्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति नुवाकोटको आयोजना तथा स्टार हस्पिटलको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको सहयोग तथा ब्लड अन रिक्वेष्ट नुवाकोटको समन्वयमा भएको रक्तदान कार्यक्रममा करिव २३ जना रक्तदाताहरुवाट २३ पिन्ट रगत संकलन भएको छ ।

सङ्कलन गरिएको रगत नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटमा उपलब्ध गराएको आयोजकले जानएको छ । रगतको बढ्दो अभावलाई परिपुर्ती गर्दै सामाजीक उत्तरदायित्व पुरा गर्ने उदेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया