नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत

विदुर खबर २०७७ फागुन २८ गते २०:३१

नुवाकोट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत भएको छ ।

Advertisement

बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि फाइनान्स तर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् ।

Advertisement

बैंकले फाइनान्सलाई गाभेपछि माघ ११ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको थियो ।

प्रतिक्रिया