खनाल-नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

विदुर खबर २०७७ फागुन २८ गते २०:१८

नुवाकोट । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

Advertisement

शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिवबाहेकका सबै पदाधिकारी बर्खास्त गरेपछि खनाल-नेपाल समूहले आकस्मिक बैठक बोलाएको हो ।

ओलीको सो निर्णयले खनाल-नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसिएको छ । ओलीले आफ्ना समूहका नेताको जिम्मेवारी खोस्ने र एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा गरेपटि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ ।

Advertisement

आजको बैठकमा ओलीले माओवादीबाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् भने प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । ओलीले माओवादीबाट आएका थापासहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया