नुवाकोटमा ७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
विदुर खबर
२०७७ फागुन २५ गते २१:१२
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस संक्रमणविरुद्ध साढे ७ हजार जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेका अनुसार मंगलवार साँझसम्म जिल्लामा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७ हजार ६ सय ५ पुगेको छ ।
पहिलो चरणमा जिल्लाको विभिन्न क्षेत्रमा अग्रभागमा रहेर काम गर्ने ३ हजार ८ सय ८६ जनाले खोप लगाएको कार्यालयका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए । नुवाकोटमा दोस्रो चरणमा झन्डै २० हजार जनामा कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ ।
नुवाकोटमा एक हजार एकसय ४५ जनामा कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया