‘पूर्वमाओवादी’ले समर्थन फिर्ता लिए विश्‍वासको मत लिन्छु : प्रधानमन्त्री ओली

विदुर खबर २०७७ फागुन २३ गते २०:५९

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताएका छन् ।

Advertisement

आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको सांसद महेश बस्नेतले जानकारी दिए ।

यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका छन् । उनले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका सांसद सूर्य पाठकले जानकारी दिए ।

Advertisement

‘अदालतले उहाँलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको रहेछ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाए होला,’ सांसद पाठकले भने, ‘यो फैसला भयो त्यसै अनुसार काम गर्नु भनेर । र अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढ्छन् भन्नु भएको छ ।’

पाठकका अनुसार प्रधानमन्त्री ओली लेसभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए । ‘सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो । यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको थियो,’ पाठकले भने ।

Advertisement

प्रतिक्रिया