तेलको मूल्य फेरि बढ्यो
नुवाकोट । सरकारी हस्तक्षेपपछि घटेको खानेतेलको मूल्य फेरि उकालो लागेको छ।
उपभोक्ता हित तथा संरक्षण विभागले बढी मूल्यमा तेल दुई उद्योगलाई कारवाहीपछि केही घटेको तेलको मूल्य फेरि लिटरमै १० रुपैयाँ बढेको छ। ‘केही उद्योगले एकदेखि दुई सातासम्म सामान्य मूल्य घटाए। तर अहिले फेरि बढाएर बेच्न थालेका छन्,’ सामाखुशीका खाद्यान्न बिक्रेता गोर्खाली स्टोर्सका कृष्ण भट्टले भने। उनका अनुसार अमृत सनफ्लवार एक कार्टुनको मूल्य २ हजार ८० रुपैयाँ पुगेको छ। अमृत अन्नपूर्ण भेजिटेबल उद्योगबाट उत्पादन र बिक्री वितरण हुँदै आएको छ।
त्रिवेणी समूह अन्तर्गतको यो उद्योगलाई सरकारले बढी मूल्य लिएर बेचेको भन्दै तीन लाख रुपैयाँ जरीवाना गरेको थियो। सरकारको अनुगमनसँगै सनफ्लवार तेल लिटरको १० रुपैयाँ घटाएर २ सय १० रुपैयाँमा बेच्दै आएका थिए। अहिले फेरि सबैजसो उद्योगले लिटरमा १० रुपैयाँ बढाएका छन्। केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकोले त्यसले मूल्यमा दबाब परेको बताए।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढिरहेको छ। अहिलेसम्म घट्ने संकेतनै छैन्’, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा परनिर्भरता हुने भएकाले मूल्य बढेको हो। कमोडिटी बजार दैनिक रुपमा घटबढ हुन्छ। हामीले त्यहीबाट किनेर ल्याउने भएकाले घट्दा घटाउने र बढ्दा बढाउने अवस्था आउँछ।’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले उद्योगीले केही दिन मूल्य घटाएपनि अहिले हरेक साता बढाएर तेल पठाउने गरेको बताए। ‘हामीले उपभोक्तालाई कन्भिन्सनै गराउन नसक्ने अवस्था आइसकेको छ। हरेक साता तेलको मूल्य बढेर आउँछ। उपभोक्ताले एक साता अघि यतिमा किनेको होइन भनेर प्रश्न गर्छन्,’ उनले भने। संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले खपतनै कम भएका बेलामा समेत उद्योगीले अन्तर्राष्ट्रिय कारण देखाउँदै मूल्य बढाउने गरेको बताए।
राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगीले अन्तर्राष्ट्रिय बजारलाई बहाना बनाउँदै उपभोक्तामाथि लुट मच्चाइरहेको बताए। ‘उद्योगीले देखाएको अन्तर्राष्ट्रिय कारणलाई सरकारी निकायले सदर गरेर खुलमखुल्ला लुट मच्चाउन दिइरहेका छन्। उद्योगीले दैनिक विदेशबाट कच्चा पदार्थ ल्याउने गर्दैनन्। तर उनीहरुले त्यहाँ दैनिक बढेको मूल्यका आधारमा यहाँ बढाइरहेका छन्,’ उनले भने, ‘यति सामान्य कुरा समेत आँखा चिम्लिएर सरकार निकाय उपभोक्ता हित संरक्षण मंच र वाणिज्य मन्त्रालयले खुला छाडिदिएका छन्।’
महर्जनले विभागले विलविजक हेरेको नाटक मंचन गरेर उद्योगीको पक्षमा निर्णय गरेको समेत आरोप लगाए। ‘हामीलाई राखेर अनुगमन गरोस् हामी कसले कसरी अस्वभाविक मूल्य बढाएर उपभोक्तालाई ठगिरहेका छन् देखाइदिन्छौ। सरकारी निकायको मिलेमतोका कारण अनुगमन पनि पारदर्शी छैन्,’ उनले भने।
उनका अनुसार विदेशबाट कच्चा तेल ल्याएर सामान्य प्रशोधन गरेर भारत पठाउने धन्दाले समेत नेपालीलाई तेल महँगो परेको छ। तर तेल भारत निर्यातले मूल्यलाई कुनै असर नगरेको उद्योगी दुगड जिकिर गर्छन्। ‘भारतमा निर्यात गरेकै आधारमा मूल्य बढेको भन्नु गलत हुन्छ। भारतमा निकासी गर्दा यहाँ कसरी मूल्य बढ्छ?’ उनले भने, ‘हामीले कोभिडको असहज अवस्थामा समेत जोखिम मोलेर आपूर्ति सहज बनाएका थियौं। हामीले नाफा धेरै राखेका छैनौं। यसमा अन्तर्राष्ट्रिय बजारको कच्चा मूल्यनै प्रमुख कारण हो।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया