BREAKING NEWS: सरकार र डा केसी पक्षबीच सहमति, उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने

विदुर खबर २०७५ साउन १० गते १६:५७

सरकारी वार्ता टोलीबीच र अनसनरत डा गोविन्द केसी पक्षबीच सहमति जुटेको छ। सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्। आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने सहमति भएको छ।

नयाँ सहमतिपत्र बोकेर सरकारी वार्ता टोलीका सदस्यहरु शिक्षण अस्पताल पुगेका छन्। सहमतिपत्रबारे अनसनरत डा गोविन्द केसीलाई ब्रिफिङ गरेर हस्ताक्षर गर्न टोली शिक्षण अस्पताल पुगेको हो।

प्रतिक्रिया