कांग्रेस नेता महतले मनाए आश्रममा जन्मदिन

विदुर खबर २०७७ फागुन २१ गते २०:२४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पुर्व जिल्ला सचिव तथा महासमिति सदस्य रमेशकुमार महतले जन्मदिनको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको ज्येष्ठ नागरिक प्रतिष्ठान र विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको आमाको माया नामक बाल आश्रममा गएर आफ्नो जन्मदिन मनाएका छन् ।

Advertisement


उनले ज्येष्ठ नागरिक प्रतिष्ठानमा रहेका बृद्धबृद्धा र अनाथ बालवालिकालाई खाद्यान्न सामाग्री दिएर खुसि साटासाट गरि जन्मदिन मनाएका ह्ुन् । उनले जन्मदिन मनाउने खर्च कटौति गरि जिउँदा ईतिहासको रुपमा रहेका बृद्धबृद्धा र भविष्यका कर्णदार मानिने बालवालिकामाझ आफ्नो जन्मदिन मनाएका हुन् ।


कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे ,प्रदिप पैडेल ,जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख सन्तमान तामाङ ,उपप्रमुख अप्सरा थापा ,नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा,क्षेत्रीय सभापति जगत तामाङ , जिल्ला सदस्य बैकुण्ठ मिश्र ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एंव नेविसंघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र,बिन्दा अर्यल ,तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे , उपाध्यक्ष ईश्वरि उप्रेती,नेता धनसिङ्ग तामाङ , उद्योग वािण्ज्य महासंघका केन्द्रीय सदस्य राजनलाल श्रेष्ठ ,जिल्ला उपाध्यक्ष गिता अमात्य , तरुणदल नेता सुरजमान श्रेष्ठ,नेविसंघ जिल्ला सचिव शंकर पाण्डे लगायतको उपस्थिति थियो ।

Advertisement

प्रतिक्रिया