नुवाकोटको विदुरकी संगिता पाण्डेको साईप्रसमा निधन

विदुर खबर २०७७ फागुन २१ गते ७:२८

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ पाण्डे गाउँकी संगिता पाण्डेको साईप्रसमा मृत्यु भएको छ ।

Advertisement

पाण्डेको गत मार्च १ तारिख बिहान ७ :३० बजे निकोसिया स्थित देफ्तेरा गाउँमा मृत्यु भएको एनआरएनए साइप्रसले जनाएको छ । पाण्डेको आकस्मिक मृत्यु भएको प्रहरीले जनाएको छ ।

रायलस्थित नेपाली राज राजदुताबास, कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृतकका बारेमा बिहिवार मात्र परिवारसंग सम्पुर्ण जानकारी गराइएको थियो ।

Advertisement

साइप्रसमा गर्नुुपर्ने कानुनी प्रकृया सकिए लगत्तै मृतकको शबलाई नेपाल पठाइने एनआरएनए साइप्रसले जनाएको छ ।

प्रतिक्रिया