तारकेश्वरको सरस्वती आधारभुत विद्यालयमा कम्प्युटर ल्याव स्थापना

विदुर खबर २०७७ फागुन २० गते २२:०६

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ नेवारपानीमा रहेको सरस्वती आधारभुत विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ ।

Advertisement

स्थानिय तथा विद्यालयका पुर्व विद्यार्थी समेत रहेका रामकाजी थापाको पहलमा विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको हो । विद्यालयमा कम्प्युटर ल्याव स्थापना भएसँगै विद्यालयका शिक्षक र विद्यार्थीहरु सबै दङ्ग भएका छन् ।

विद्यालयमा एक थान प्रिन्टरसहित ५ ओटा कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, कम्प्युटर ल्यावले सहयोग पुरयाउने समाजसेवी थापाले जानकारी दिए । उनले आफुले अध्ययन गर्ने समयमा विद्यालयको भौतिकका साथै शैक्षिक वातावरण समेत राम्रो नभएको अवस्थामा विद्यार्थीहरुलाई प्रविधि मैत्रि बनाउन विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरेको उनको भनाई छ । उनले आफ्ुले पढेको विद्यालयमा कम्प्युटर ल्याव स्थापना गर्न पाएकोमा खुशी व्यत्त गरेका छन् ।

Advertisement

कम्प्युटर ल्याव स्थापना पछि विद्यालयमा इन्टरनेट सेवा संचालनमा ल्याउन शैक्षिक गतिविधिलाई सुचनाप्रविधिमा जोड्न मद्दत पुग्ने तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए । यस्तै गाउँपालिकाकी उपाध्यक्ष तारादेवि रिमालले विद्यालयलाई प्रविधि मैत्री बनाउन आगामी दिनमा कम्प्युटर शिक्षकको पनि व्यवस्था गर्न आफुहरु तयार रहेको बताइन् ।

यस्तै अभिभावक इन्द्रवहादुर पौडेलले आफुले अध्ययन गरेको विद्यालयलाई प्रविधिमैत्री बनाएको भन्दै थापाको प्रशंसा गरेका थिए ।

Advertisement

प्रतिक्रिया