बालाजु वाईपास सडक बिस्तारमा स्थानीयको अवरोध
नुवाकोट । बालाजु वाईपास सडक बिस्तारको काम स्थानीयले अवरोध गरेपछि रोकिएको छ । स्थानीयले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु बाइपास सडक विस्तारको विरोध गरेका हुन् ।
सडक बिस्तारका क्रममा हरेक ठाउँमा विवादले काम बीच मै रोकिने र आम नागरिकले सास्ती भोग्ने नियमित प्रचलन नै जस्तो नै भइसकेको छ । बालाजु बाईपास सडक बिस्तारले पनि त्यस्तै नियति भोगिरहेको छ । बालाजु बाईपासको साघुँरो सडक बिस्तार गर्ने भन्दै ९ वर्ष अघि तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईको पालामा सडक बिस्तार सुरु भएको थियो ।
तर विवादका कारण त्यस सडकले पुर्णता पाउन सकेको छैन । लामो समयसम्म सडक नबन्दा स्थानीय हिलो र धुलोका समस्या भोग्दै आएका छन् बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २ सय ६५ मिटरको सडक दुवै तर्फ ७÷७ मिटर गरी १४ मिटर चौडाई बनाइने भनिएपनि एक तर्फको मात्रै जग्गा अधिकरण गरेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।
बालाजु वाइपास क्षेत्रमा सडक विस्तारका क्रममा ३८ वटा घर भत्काइएको छ । सडक बिस्तारका क्रममा भत्काईएको घरको उचित क्षतिपुर्ति नपाएको स्थानीयको गुनासो छ । सडक बिस्तारका नाममा आफुहरुको उठिबास भएको भन्दै एकथरी स्थानीयले विरोध गरेकाछन भने सडक विस्तारको काम समयमै सम्पन्न गर्न अर्काे थरिले दवाव दिइरशेका छन् ।
यता सडक विस्तारको जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले भने स्थानीयले पहिले देखि सरकारी जगा अधिकरण गरी बसेकाले सडक बिस्तारमा लागि मुअब्जा दिई काम थालनी गरेको बताएको छ ।
लामो समयदेखि बिस्तार हुने भनिएको सडक बिस्तार विवादका कारण मात्र नभइ बजेट अभावले पनि प्रभावित भएको छ । बजेट अभावका कारण पनि हाल सम्मको यो सडक विस्तारको प्रगती लगभग शुन्य छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया