अरुण-३ जलविद्युत परियोजनाको ४० प्रतिशत काम सम्पन्न
९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत परियोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ ।
सार्वजनिक-निजी साझेदारीमा निर्माण भइरहेको उक्त परियोजनाको बाँकी काम पनि समयमा नै सम्पन्न हुने लगानी बोर्डले बताएको छ । परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको बोर्डको भनाइ छ ।
लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरुको टोलीले संखुवासभा जिल्लामा अवस्थित तीब्र रुपमा निर्माण भइरहेको अरुण ३ जलविद्युत परियोजनाको हालै निरीक्षण गरेको छ । निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे स्थानीय सरोकारवालाहरुसँग छलफल समेत गरेको छ ।
उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिका स्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेको छ । साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुसँग पनि छलफल गरेको छ ।
उक्त टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्डकार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया