क्यान्सर पिडित घलेलाई शेरा फाउन्डेसनद्धारा सहयोग

विदुर खबर २०७५ साउन १० गते १५:१४

विदुर, ब्लड क्यान्सरबाट पिडित भएका १२ बर्षिय सुनिल घलेलाई शेरा फाउन्डेसनले सहयोग रकम प्रदान गरेकाे छ ।

Advertisement

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले अाफ्नै अामा बुवाकाे स्मृतिमा स्थापित शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत संकलन भएकाे कुल रकम एक लाख ६४ हजार मध्ये अाधा रकम ८२ हजार रुपैयाँ बिरामी सुनिलकाे दिदी राेजिना घलेलाई हस्तान्तरण गरेका हुन । कान्ति बाल अस्पतालमा उपचारत घले साराे भएपछि अाइसियु खाली नभएका कारण केहि दिन देखि इसान बाल अस्पतालमा उपचार गराइरहेका छन ।

बिरामी घलेलाई कान्ति अस्पतालमै अाइसियु मिलाउन र राम्रो उपचारको ब्यवस्था मिलाउन अाफुले पहल गरिरहेकै बेला विरामीकाे अवस्था थप नाजुक भए पछि उपसभामुख तामाङले इसानमै गएर उक्त रकम हस्तान्तरण गरेकाे बताए । बाँकी रकम भने बाेनम्याराे प्रत्यारोपण गर्न सिभिल अस्पताल बानेश्वरमा उपचारत अनिता श्रेष्ठलाई हस्तान्तरण गर्ने प्रतिष्ठानका काेषाध्यक्ष डिबि तामाङले बताए । “हामीले दुबैजनाका लागि सहयोग अभियान चलाएकाे र अझै थप रकम जम्मा भएपछि संगै हस्तान्तरण गर्ने याेजना थियाे तर भाईकाे अवस्था नाजुक भएपछि अाजै दियाैं” तामाङले बताए ।

Advertisement

उक्त सहयोगका लागि अमेरिका निवासी डिन्डु लामा ह्याेल्माेले रु एक लाख प्रदान गरेका थिए भने बाँकि रकम नेपालमै संकलन गरेकाे उनले बताए । उपसभामुख राधिका तामाङकाे बुवा र अामा दुवै क्यान्सरको कारण दिवंगत भए पछि वहाँहरुकाे नाममा प्रतिष्ठानमार्फत विगतदेखि विपन्न विरामीहरुका लागि सहयाेग प्रदान गर्दै अाईरहेकाे छ ।

प्रतिक्रिया