कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

विदुर खबर २०७७ फागुन २० गते २०:३३

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

Advertisement

संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो । हामीले त्यो जिम्मा पाएका छैनौं,’ महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, ‘निकास दिनका निम्ति केही क्षण केही अप्रिय निर्णय गरेतापनि कांग्रेस अब मौका पायो भनेर २ वर्षका लागि सरकार चलाउने ध्येय राख्दैन् । हामीलाई अर्काको भाग पनि चाहिएको छैन् ।”

अब देशलाई सम्हालेर निर्वाचनमा जाने र शानदार बहुमत प्राप्त गरेर आफ्नो भाग कांग्रेसले खाने उनले बताए ।

Advertisement

प्रतिक्रिया