प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला ’ सुरु

विदुर खबर २०७७ फागुन १४ गते १९:२८

नुवाकोट । लिखुका छहरेमा प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु भएको छ ।

Advertisement

आठ दिनसम्म सन्चालन गरिने सो महोत्सव शुक्रबारदेखि लिखुको कुमालठांटीमा सन्चालन गरिएको छ । समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, स्थानीय संस्कृति, लोककला, संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरेवजार नजिकैको लिखु बगरमा आयोजित महोत्सवको पुर्वमन्त्रि तथा कांग्रेस सहमहामन्त्रि डां प्रकाशशरण महतले गरे । उनले ग्रामीण भेगमा आयोजित महोत्सवले स्थानीयवासीको उत्पादन पहिचान तथा प्रवद्र्धन गर्न मद्धत पुग्ने वताए ।

डा. महतले स्थानीयवासीले यस महोत्सववाट आफ्ना उत्पादनहरुको वजारीकरण गर्नुका साथै आफ्नो जीवनस्तर परिवर्तनसमेत गर्ने वताए । प्रतिनिधि सभा सदस्य वहादुरसिह लामाले महोत्सववाट स्थानीयवासीले वजार पहिचान तथा प्रवद्र्धनका उपायहरु हासिल गर्ने वताए ।

Advertisement

महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनका साथै शिवपुरीको सुर्यचौरदेखि प्याराग्लाइडिङ तथा महोत्सवस्थलदेखि गोसाइकुण्डसम्म हेलिकप्टर यात्रा प्रमुख आकर्षण रहेकोे महोत्सवका संयोजक शेरबहादुर केसी सानुले जानकारी दिए । महोत्सवको सुरु भएसंगै पर्यटकिय छहरेको लिखु बगर दुलही झैं सिँगारिएको छ ।

महोत्सवस्थल नुवाकोटको सदरमुकाम विदुरवाट ३० मिनेट र काठमाडौदेखि एक घण्टाको मोटरयात्रावाट पुग्न सकिन्छ । महोत्सवमा एक सय ५० स्टल रहेको छ ।

Advertisement

स्टलहरुमा स्थानीय उत्पादन, तरकारी, फलफुल, अन्नवाली तथा कपडा, जुत्ता, हस्तकला, स्थानीयवासीले उत्पादन गरेका फलामे हतियार तथा औजारहरु राखिएका छन् । महोत्सवमा राखिएका स्टलमा सजाइएका विभिन्न सामग्रीको सहभागी हजारौंको आकर्षण रहेको आयोजक लिखु गाउंपालिकाले जनाएको छ ।

महोत्सवमा वजारीकरणका साथै स्थानीय मौलिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र जगेर्ना गराउने कार्य भइरहेका छन् । राष्ट्रिय कलाकारहरुले विविध प्रस्तुतीहरु दिइरहेका छन् ।

महोत्सवमा मनोरञ्जन तथा बाल उद्यान, झाँकीको प्रस्तुतीदेखि कलाकारको सहभागिता जारी रहेको संयोजक सानु केसीले बताएका छन् । महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको तयारी गरिएको छ ।

महोत्सव अवधिधर कुल दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । गीत–सङ्गीत क्षेत्रमा नयाँ कलाकारको आकर्षण बढाउन महोत्सव अवधिभर आयोजना गरिने नुवाकोट तारा– २०७७ प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ ।

जमिनको पर्याप्तता, अधिकांश स्थानिय तहको सहज पहुँचमा रहेको, टोखा–छहरे सुरुङमार्ग, बढ्दो लगानी आदिका कारण शहरउन्मुख क्षेत्र र जिल्लाकै दोश्वो सदरमुकाम ठानिने छहरेमा आयोजना गर्न लागिएको महोत्सवको आकर्षणको रुपमा रहेको आयोजक लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । महोत्सवमा गीत–सङ्गीत क्षेत्रको नयाँ कलाकारको आकर्षण बढाउन ‘नुवाकोट तारा– २०७७ प्रतियोगिता’ को समेत मुख्य आकर्षण भएको छ ।

महोत्सव अवधिमा लोक तथा दोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकारले दर्शकमाझ मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । सो अवधिमा गायक÷गायिका बद्री पंगेनी, नवराज घोरासैनी, समिक्षा अधिकारी, प्रतिमा अर्याल, रविन लामिछाने, नेत्र भण्डारी, डिला बिक, चन्द्र शर्मा, टीका सानू, उद्धव कार्की, स्मृति गौतम, मिना बुढाथोकी, प्रनिस तामाङको सहभागिता रहने छ ।

महोत्सवमा चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक सरोज लामिछाने, कुमार कट्टेल जिक्री, अर्जुन घिमिरे पाँडे, अमृता लुङ्गेली, बबिता बानियाँ, रमेशराज भट्टराई, बिमलराज क्षेत्री, पुर्खे बा, लोक गायक पशुपति शर्मालगायतले प्रस्तुती गर्ने आयोजकले जनाएका छन् ।

यसका साथै राधिका हमाल, अमृत खाती, उमा श्रेष्ठ, प्रदिप रोक्का, अमृता लामिछाने, मदन थापा, कुशल बेलवासे, सीता खपाङ्गीमगर, रेशम थापा, इन्दिरा गुरुङ, प्रिति आले, करण लामा, दिनेश लामा लगायत चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया