नुवाकोटमा कोरोना महामारीका कारण सुन व्यवसायीहरु पलाएन
नुवाकोट । नुवाकोटमा कोरोना महामारीका कारण सुन व्यवसायीहरु पलायन भएको सरोकारवालाहरुले बताएका छन ।
विदुरमा शनिवार नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभामा बोल्दै सुन व्यवसायीहरुले कोरोना भाइरसको महामारी तथा सरकारले गरेको लकडाउनको काराण साना तथा मझौला व्यवसायीहरु पलायन भएको सरोकारवालाहरुले बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकत्न शाक्यले कोरोना भाइरसको कारण व्यवसायीका साथसाथै दक्ष कालीगढ समेत पलायन भएकोले त्यसलाई रोक्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । उनले बजारमा सुन अभाव देखिएकोले २ हजार रुपैयाँभन्दा बढी तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएकोले सरकार दैनिक १० किलो मात्र सुन खरिद गर्न पाउने नितिलाई परिमाजृन गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा बाग्मति प्रदेश सुनताँदी व्यवसायी संघका संयोजक ज्योतिरत्न बज्रचार्यले दैनिक १० केजी सुन अपुग भएकोले व्यवसायीलाई राज्यले चाहिएजति उपलब्ध गराउनुपर्ने बताए । उनले व्यवसायीले सुन किन्नको लागि विभिन्न झन्झट व्यहोरेपनि चाहेजति सुन नपाएर दुख पाएको बताए ।
कार्यक्रममा नुवाकोट सुनचाँदी व्यवसायी संघका सचिव सविन अमात्य ले कोरोना महामारीको समयमा सरकारले गरेको लकडाउनका कारण मर्कामा परेका व्यवसायी तथा कामदारहरुलाई आवश्यकताका आधारमा राहात वितरण गरेको बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले कोरोना भाइरसको महामारीका कारण दक्ष कामदारहरु पलायन भएको तथा स्वदेशीभन्दा विदेशी कालीगढले काम पाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया