एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेसको प्रर्दशन, ज्ञापनपत्र बुझाउन नगरपालिका जाँदा झडप एकदर्जन घाइते

विदुर खबर २०७५ साउन १० गते १४:११

नुवाकोट÷विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेस निकट विभिन्न संगठनहरुले आज विदुरमा विरोधसहित प्रर्दशन गरेका छन ।

Advertisement

काग्रेसले विदुरको लोकतान्त्रिक चोकबाट शुरु गरेको र्याली विदुर चोक हुँदै जिल्ला प्रशाशन कार्यलय पुगेर विदुर नगरपालिकातर्फ फर्किएको थियो । विरोध कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरुले विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्तिको कर खारेज गर, भ्रष्टचारी सरकार मुर्दाबाटजस्ता नारा लगाएका थिए । जुलुसमा बाक्लो सहभागि भएका कांग्रेसका कार्यकर्ता नगरपालिकाको कार्यलय पुग्ने बित्तिकै नगरपालिकाको परिषरमा प्रवेश गर्न प्रहरीले अवरोध गर्दा नगरपालिकामा रस्साकस्सी शुरु भएको थियो । काग्रेस कार्यकर्ताले नगरपालिकाका मेयर सञ्जु पण्डितलाई ज्ञापनपत्र बुझाउन भित्र जान खोज्दा प्रहरी र विदुर नगरपालिकाका नगरप्रहरीले कांग्रेस कार्यकर्तालाई बल प्रयोग गरेर लाठीचार्ज गर्न शुरु गरेपछि नगरपालिका करिव दुईघढटाजस्तो तनावग्रस्त बनेको थियो । प्रहरी र विदुर नगरपालिकाको नगरप्रहरीले संयमित नअपनाई काग्रेसकार्यकर्तामाथि कुटपिट गर्न थालेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रतिकार गरी मेयरलाई ज्ञापनपत्र दिन पाउनुपर्ने बताएका थिए । प्रहरी र नगरप्रहरीले कांग्रेसका कार्यकर्तालाई छानीछानी निसाना बनाउँन खोज्दा झडपले केहीसमय उग्र रुप लिएको थियो ।

 

Advertisement


प्रहरी र कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा तिन प्रहरी र ९ जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन । घाइते हुनेमा नेपाली कांग्रेसका पुर्व सभापति धुव्र अधिकारी, प्रवत्ता राजु, थापा, सविन गिरी, जगन्नाथ नेपाल, ,सुनिल श्रेष्ठ, रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । अन्य घाइते हुनेमा धनसिंह तामाङ, जगत तामाङ, नेत्र ढकाल र निरज चित्रकार रहेका छन । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
आफुहरुको शान्तिपुर्ण प्रर्दशनमा प्रहरी र नगरप्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले घोर भत्सना गदै आफ्ना कार्यकर्ताले गरेको शाान्तिपुर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको र त्यसको आफुहरुले पनि गर्न सक्ने भन्दै सावधान रहन आग्रह गरे । त्यस्तै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले नगरपालिकाले बढाएको करलाई फिर्ता गर्न दबाब दिन आउँदा प्रहरीले आफुमाथि लाठी प्रहार भएको भन्दै घोर भत्सना गरेका छन ।

Advertisement

यसैबिच नेपाली कांग्रेस नुवाकोटले विदुरनगरपालिका आज भएको घटनाको घोर भत्सना गरेको छ । पार्टी कार्यलय विदुरमा पत्रकार सम्मेलनको आयोजना गदै जिल्ला सभापति जगदिशनरसिंह केशीले नगरपालिकाले विकास आयोजना नगरपालिकाले मनलाग्दी ढंगले दिएको भन्दै त्यसको आफुहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले नगरपालिकामा जनताको मुद्धाको विषय लिएर जाँदा आफुहरुमाथि आक्रमण गरिएको भन्दै नगरपालिकाको यस्तै रवैया भएमा योभन्दा ठुलो आन्दोलन हुने बताउनुभयो । उहाँले नगरपालिकाले बढाएको एकिकृत सम्पत्तिको कर फिर्ता नलिए नगरपालिकाले धेरै मुल्उ चुकाउनुपर्ने बताउनुभयो ।
विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको अहिले नेपाली कांग्रेस मात्र नभई सर्वत्र विरोध भईरहेको छ । तर नगरपालिकाकी उपमेयर गिता दाहालले बुधमार मात्र आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलनिे बताएकी थिइन दाहालले कसैको डर र धम्कीको प्रयासमा नगरपरिषदले पास गरेको आर्थिक विधेयक कुनैपनि हालतमा फिर्ता नहुने बताइन । यसअघि गत आइतबार नेपाली कांग्रेस नुवाकोटले स्थानिय तहले जथाभावि कर वृद्धि गरेको भन्दै एकहप्ताभित्र फिर्ता लिन सबै स्थानिय तहलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया