कांग्रेस नुवाकोटले आज जिल्ला प्रशासन कार्यलय घेराउ गदै

विदुर खबर २०७५ साउन १० गते ३:४३

विदुर ÷ नेपाली कांग्रेस निकट विभिन्न भातृ संगठनले आज जिल्ला प्रशासन कार्यलय नुवाकोट घेराउ गर्दै छ ।

Advertisement


मंहगी, मुल्यवृद्धि र सरकारको सवैसत्ताबादको विरुद्धमा प्रर्दशन गर्न लागिएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । विशेषगरि स्थानिय तहले जनताको ढाड सेक्नेगरि लगाएको करको विषयमा प्रर्दशन केन्द्रित हुने एक सदस्यले विदुरखबर अनलाइनलाई बताए । नुवाकोटको स्थानिय तहले जनताको क्षमताभन्दा बढी कर बढाएको भन्दै गत आइतबार नेपाली कांग्रेस नुवाकोटले नुवाकोटका स्थानिय तहलाई एकहप्ताको अल्टिमेटम दिई कर फिर्ता गर्न आह्वान गरेको थियो । करको विषयलाई विदुर नगरपालिका र नेपाली कांग्रेसबिच अहिले जुहारी चलिरहेको छ ।

बुधबार मात्र विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले कसैको दबाब र विरोधले निर्वाचित जनप्रतिनिधिले गरेको निर्णय फिर्ता नलिने बताएकी थिइन ।

Advertisement

प्रतिक्रिया