कांग्रेस नुवाकोटले आज जिल्ला प्रशासन कार्यलय घेराउ गदै
विदुर खबर
२०७५ साउन १० गते ३:४३
विदुर ÷ नेपाली कांग्रेस निकट विभिन्न भातृ संगठनले आज जिल्ला प्रशासन कार्यलय नुवाकोट घेराउ गर्दै छ ।

मंहगी, मुल्यवृद्धि र सरकारको सवैसत्ताबादको विरुद्धमा प्रर्दशन गर्न लागिएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । विशेषगरि स्थानिय तहले जनताको ढाड सेक्नेगरि लगाएको करको विषयमा प्रर्दशन केन्द्रित हुने एक सदस्यले विदुरखबर अनलाइनलाई बताए । नुवाकोटको स्थानिय तहले जनताको क्षमताभन्दा बढी कर बढाएको भन्दै गत आइतबार नेपाली कांग्रेस नुवाकोटले नुवाकोटका स्थानिय तहलाई एकहप्ताको अल्टिमेटम दिई कर फिर्ता गर्न आह्वान गरेको थियो । करको विषयलाई विदुर नगरपालिका र नेपाली कांग्रेसबिच अहिले जुहारी चलिरहेको छ ।
बुधबार मात्र विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले कसैको दबाब र विरोधले निर्वाचित जनप्रतिनिधिले गरेको निर्णय फिर्ता नलिने बताएकी थिइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया