बिदुर नगरपालिकाको बृहत्तर बिकासको लागी चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङबाट योजना हस्तान्तण

विदुर खबर २०७५ साउन ९ गते १६:०१

विदुर÷बिदुर नगरपालिकाको बृहत्तर नगर बिकासको लागी चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङबाट बिदुर नगरपालिकालाई अन्तिम योजना हस्तान्तण गरिएको छ । नेपाल सरकारको लामो समय देखिको प्रयत्नपछि बिदुर नगरपालिकामा बृहत्तर नगर बिकास योजना लागु हुने भएको हो ।

Advertisement

युएन ह्याबिट्याट संगको सहकार्यमा चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङले बिदुरमा आयोजना गरेको अन्तिम योजना हस्तान्तरण कार्यक्रममा बिदुुर नगरपालिकालाई सबै क्षेत्रमा बिकसति र समृद्ध बनाउन १७ बर्षे कार्ययोजनाको खाका तयार गरिएको वुहान ल्याण्ड स्पासियल प्लानिङले जनाएको छ । कार्यक्रममा बिदुुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बिकसित मुलुक चिनले आफनो देशको वान शहरको नमुनाको रुपमा बिदुर नगरपािलका बनाउन लागेकोमा खुसी ब्यक्त गर्दै चिनले बिदुरमा सञ्चालन गर्न लागेको कार्यक्रम नगरपालिकाको लागी अबसर सँगै चुनौती पनि भएको बताउनुभएको छ । नगरपालिकाको मेयर सञ्जु पण्डितले चिनले बनाएको योजनालाई कार्यान्वायन गरी चिनले दिएको अबसरलाई सदुपयोग गर्न केन्दि«य सरकारबाट पनि ध्यानाकर्षण हुन आबश्यक रहेको बताउनुभएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सदस्य एबं साँम्सद नारायण खतिवडाले दिर्घकालीन ढंगबाट लागु हुन लागेको कार्ययोजनालाई आबश्यकताको आधारमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य एबं साँम्सद खतिवडाले योजना लागु हुँदा १७ बर्षपछिको बिकासलाई परिकल्पना गर्दै चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङले गर्न लागेको कार्यक्रमलाई प्रचारप्रसार गर्न आग्रह गनुभएको छ । यस्तै, योजना हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले भर्खरै मात्र शहर केन्द्रित भएको बिदुरनगरपािलकाको बिकासको लागी यो कार्य योजना सँगै अन्य कार्यक्रमहरु सञ्चालन गर्न आफुहरुले पनि पहल गर्ने बताउनुभएको छ । सन् २०१७ देखि २२ सम्म पाच बर्षको समयाबधिमा आबश्यकताको आधारमा कार्यक्रमको खाका बनाउने, सन् २०२३ देखि ३० सम्मको ७ बर्षको समयाबधिमा निर्माणको कार्य तर्फ केन्द्रित हुने र सन् २०३१ देखि ३५ सम्मको ४ बषर््ाको समयाबधिलाई समृद्धतर्फ जिल्लालाई उन्मुख गराउन पहल गरिने कार्ययोजनाको आधारमा काम थालनी गर्दा कार्यक्रम प्रभाबकारी हुने बताउनुभएको छ ।
यस्तै, अर्का प्रदेश सभा सदस्य केशब पाण्डेले चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङले १७ बर्षको समयाबधिमा बिदुरलाई नमुना शहरको रुपमा स्थापित गराउन लागेको कार्यक्रमलाई सबै पक्षको सहकार्यमा तिब्र रुपमा अगाडी बढाउन आबश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले स्थानीय स्तरमा भएको स्रोत र साधनको पहिचान गरी समुन्नत नगरपालिकाको निर्माणको लागी सबै सरोकारवाला पक्षको सहयोगबाट बिदुरलाई नमुना शहर बनाउन सकिने बताउनुभएको छ । योजना हस्तान्तरण कार्यक्रममा बिदुर नगरपािलकाका उपमेयर गीता दाहाल, बिभिन्न वडाका वडा अध्यक्ष सदस्य, प्रहरी प्रमुख बसन्त कुँबर, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधि लगायत सरोकारवालाहरुले बिकासको प्रचुर सम्भाबना बोकेको नुवाकोटमा चिनको वुहान ल्याण्ड स्पासियल प्लानिङले १७ बर्षे समयाबधिमा गर्न लागेको कार्यक्रमलाई सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । चिन र भारतलाई जोड्ने एक मात्र त्रिदेशीय मार्गको रुपमा स्थापित नुवाकोटलाई राजधानी सँग सहज रुपमा जोड्न सुरुङ मार्गको निर्माण, मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक, ऐतिहासिक र पर्यटकीय आधारमा परिचित जिल्ला नुवाकोट भएकोले सम्भाब्यताको अध्ययन गरी कार्ययोजनाको खाका तयार गरिएको डब्लु एल एस पी का प्रमुख सियोङ बेईले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया