एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
विदुर खबर
२०७७ फागुन ५ गते ७:४२

नुवाकोट । नेपाल आयल निगमले एक सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको हो ।
यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया