मजदुर आन्दोलनका कारण रसुवागढी जलविद्युत आयोजनाको काम ठप्प

विदुर खबर २०७७ फागुन ३ गते १७:३९

नुवाकोट । रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । साढे दुई भन्दासम्म पारिश्रमिक नदिएको भन्दै मजदुरले आइतबारदेखि काम ठप्प पारेका हुन् ।

Advertisement

सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले नेपाली कामदारलाई साढे २ महिनादेखि पारिश्रमिक दिएको छैन । पारिश्रमिक नदिएको र काम गर्ने समय समेत घटाएपछि मजदुरले कार्यालयमा ताला लगाएका छन् ।

कोभिड–१९ का कारण सिडब्लुइले काम गर्ने समय एक घण्टा घटाएको छ । जसका कारण मजदुरले पाउँदै आएको पारिश्रमिक घटेको मजदुर पूर्ण बहादुर तामाङले बताउनुभयो । समयमा तलब नदिएको र काम गर्ने समय पनि घटाएपछि कम्पनीमा कार्यरत ३ सय ६० जनाले काम रोकेका हुन् । उनीहरुले दैनिक १० घण्टा काम गर्न पाउनुपर्ने र पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

Advertisement

आयोजनाले बिहीबारदेखि पारिश्रमिक उपलब्ध गराउने बताएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सकिएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।

प्रतिक्रिया