सेयर बजार ऐतिहासिक उचाईमा

विदुर खबर २०७७ फागुन ३ गते १५:४४

नुवाकोट । नेपाल राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको अर्द्ध बार्षिक समिक्षामा सेयर बजारलाई नचलाएपछि बजारमा एकै दिन ९२ अंकको उछाल आएको छ।

Advertisement

सेयर धितो ऋणमा कडाइका साथै लघुवित्तको सेयर खरीदमा नियन्त्रणमूखि नीति लिने भनेर मौद्रिक समीक्षाअघि हल्ला चलाइएको थियो। ती सबै हल्लाको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खण्डन नै गरेका छन्। आइतबार साँझ गरिएको मौद्रिक समीक्षमा चैतसम्म ‘लोन टु भ्यालु रेसियो’ नचलाउने गभर्नर अधिकारीले ग्यारेन्टी गरेपछि बजारमा उछाल आएको हो।

नेप्से सूचक २५८६ अंक पुगेको छ। यो सेयर बजारको अहिलेसम्मकै उच्च बिन्दु हो। बजार पुँजीकरण ३४ खर्ब ८५ अर्ब पुगेको छ। एकै दिन एक खर्ब २४ अर्बले पुँजीकरण बढेको हो।

Advertisement

यस अघिको ऐतिहासिक उचाईं २५६२ अंक रहेकोमा सोमबार नेप्से करिब २६०० अंकको नजिक पुगेको हो। बजार बढ्दा कारोबार रकम समेत साढे १० अर्ब रुपैयाँ पुगेको छ। तर कारोबार रकममा भने नयाँ रेकर्ड बन्न सकेन। यस अघि एकैदिन सर्वाधिक १० अर्ब ६२ करोड रुपैयाँ सम्मको कारोबार भएको थियो।

सबै उपसूचक हरियो भएको बजारमा जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र उत्पादन समुहमा १०० अंक भन्दा बढीको बृद्धि भएको छ। 

Advertisement

जीवन बीमा समुह ६९७ अंकले बढ्दा निर्जीवन बीमा समुह ४४७ अंक, लघुवित्त समुह ३७० अंक र उत्पादन समुह १५९ अंकले बढेको छ।

अन्य समुहमा पनि म्याचुअल फण्ड बाहेक सबैभन्दा कम होटल २४ अंकले बढेको छ। अन्य सबै उपसमुहको सूचक ३० देखि ७० अंक सम्मले बढेको छ।

बजार बढ्ने क्रममा ४० बढी कम्पनीमा त सकारात्मक सर्किटनै लागेको छ।

कारोबारमा आएका सबै लघुवित्तको सेयर मूल्य आकासिदा सर्किट लाग्नेमा अधिकांस लघुवित्त कम्पनी रहेका छन्। 

छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी माइक्रो फाइनान्स, आएरएसडिसी लघुवित्त, उन्नती सुरक्षा लघुवित्तभ, सामुदायिक लघुवित्त, आशा लघुवित्त, फवार्ड माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा भने वित्तीय क्षेत्रका कम्पनी अग्रस्थानमा छन्। निर्धन उत्थान लघुवित्तको मात्रै ७० करोड रुपैयाँको किनबेच हुँदा नबिल बैंकको ६८ करोड, छिमेक र डिप्रोक्सघ लघुवित्तको समान ४७/४७ करोड र ग्लोबल आइएमई बैंकको ४६ करोड रुपैयाँको किनबेच भएको छ।

२०५ कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर ६८ हजार पटक किनबेच भएका छन्। २ कम्पनी पञ्चकन्या र रैराङ हाइड्रो पावरको मात्रै मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया