नुवाकोटमा झण्डै साढे ९ हजारको पिसिआर परिक्षण

विदुर खबर २०७७ फागुन २ गते १६:१३

नुवाकोट । नुवाकोटमा झण्डै साढे ९ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

आईतवारसम्ममा ९ हजार एकसय ७४ जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पिसिआर गरिएकामध्ये ६ हजार ६ सय ४२ पुरुष र २ हजार ५ सय ३२ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा ९ हजार एकसय ७४ जनाको पिसिआर परिक्षण गर्दा एक हजार एकसय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकहजार एकसय १४ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । हाल नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २१ जना रहेका छन् । उनीहरुमध्ये एक जना अस्पतालमा र २१ जना होम आइसोलेसनमा उपचाररत गरिरहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया