नुवाकोटमा झण्डै साढे ९ हजारको पिसिआर परिक्षण
नुवाकोट । नुवाकोटमा झण्डै साढे ९ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।
आईतवारसम्ममा ९ हजार एकसय ७४ जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पिसिआर गरिएकामध्ये ६ हजार ६ सय ४२ पुरुष र २ हजार ५ सय ३२ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा ९ हजार एकसय ७४ जनाको पिसिआर परिक्षण गर्दा एक हजार एकसय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकहजार एकसय १४ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । हाल नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २१ जना रहेका छन् । उनीहरुमध्ये एक जना अस्पतालमा र २१ जना होम आइसोलेसनमा उपचाररत गरिरहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया