सडक निर्माणको लागि जेल जान तयार छु : सिडियो ढकाल
नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सडक निर्माणका लागि आफुहरु जेल जान तयार रहेको बताएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दे प्रजिअ ढकालले गल्छी–त्रिशुली–मैलुङ– रसुवागढी सडक अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ को पिपलटारदेखि वडा नम्बर १ ढुङ्गेसम्म मुअब्जा विवादका कारण सडक विस्तारको काम रोकिएको भन्दै उनले पिपलटारदेखि ढुङ्गेसम्मका स्थानियले सर्वाेच्च अदालतमा सडक आयोजना विरुद्ध मुद्धा दर्ता गराएको भन्दै मुद्धा फिर्ता लिएमा कुनैपनि हालतमा सडक प्रभावितहरुलाई मुअब्जा दिलाउने बताए । सिडियो ढकालले काठमाण्डौबाट नुवाकोट नजिक भएपनि त्यसको लाभ नुवाकोटले लिन नसकेको बताए । उनले वालाजु–ककनी–रानीपौवा–पिपलटार सडक आयोजनाको विरुद्ध पनि अदालतमा विचाराधिन रहेकोले समस्या भएको बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नुवाकोट त्रिदेशीय राजमार्गको रुपमा रहेकोले यहाँका उत्पादन र कच्चा पदार्थलाई चिन र भारतमा पुराउन सकेमा जिल्लावासीको जीवनस्तर उकास्न सजिलो हुने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेश श्रेष्ठले नुवाकोट उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दर्ता तथा नविकरणलाई व्यवस्थित रुपमा संचालन गर्ने बताए ।
हाल नुवाकोट उद्योग वाणिज्य संघमा १८ सय ५० भन्दा बढी व्यवसायी आवद्ध भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया