रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान
विदुर खबर
२०७७ फागुन १ गते ९:२१
नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनीले आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको मंसिर २१ गते बसेको २२८ औं बैठकले साधारण सभा बोलाएको हो ।
कम्पनीले पुस २० गते विहान ११ बजे चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराही काठमाडौंमा आठौं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले साधारणसभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वर्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित जगद प्रवहा विवरण समेत पारित गर्ने प्रस्ताव गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया