उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल नुवाकोट आउँदै

विदुर खबर २०७७ फागुन १ गते ८:३४

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आज नुवाकोट आउने भएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारणसभामा सहभागि हुन ढकाल नुवाकोट आउन लागेका हुन् । चन्द्र ढकालसँगै उद्योग वाणिज्य संघका विभिन्न पदाधिकारी समेत साधारणसभामा सहभागि हुने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय नुवाकोट गल्छी–त्रिशुली–रसुवागढी–केरुङ सडक आयोजना र त्रिदेशीय मार्गको रुपमा नुवाकोट चर्चामा छ । ढकालले नुवाकोटमा औद्योगिक विकास र त्यसको संभावनावारे पनि जिल्लाका सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया